काठमाडौं, भदौ २१ – पर्सामा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति पर्सा र बाराको गरी ५ सय १० जनाको स्वाब नमूना परीक्षण गएिको थियो। तीमध्ये पर्साका २४ र बाराका २ गरी २६ जनामा मात्र संक्रमण भेटिएको हो।
अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाका अनुसार शनिबार राति पर्साको वीरगन्ज महानगरपालिकाका २२ जना, जगरनाथपुर र कालीकामाई गाँउपालिकाका १-१ जनामा संक्रमण पुष्टि भएको हो।
वीरगन्ज महानगरपालिकामा थपिएका २२ जनामध्ये २ जना सशस्त्र प्रहरी र नबील बैंकका ५ जना कर्मचारी पनि रहेको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए। योसँगै पर्सामा संक्रमितको संख्या २ हजार ३ सय ९१ पुगेको छ।
डाक्टर चौरसीयाका अनुसार नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा बाराको महागढीमाई नगरपालिका वडा नम्बर ४ का दुई जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो।
FACEBOOK COMMENTS