काठमाडौं – चाइना थ्री गर्जेज इन्टरनेशनल कर्पोरेशनले ७५० मेगावाटको पश्चिमसेती आयोजना नबनाउने भएको छ ।
लगानी बोर्ड र अर्थ तथा ऊर्जामन्त्रीसंगको वार्तामा उसले थप शर्त अघि सारेपछि वार्ता असफल भएको हो ।
लगानी बोर्डले प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बोर्ड बैठकमा थ्री गर्जेजले राखेका प्रस्तावलाई लैजाने र त्यसपछि आवश्यक निर्णय गर्ने प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए ।
थ्री गर्जेजले आयोजनाको क्षमता घटाउन, अमेरिकी डलरमा बिजुली खरिदविक्रि सम्झौता , प्राविधिक, पुनर्वास तथा पुर्नस्थापना र पश्चिमसेती अझै वित्तीय रुपमा संभावना नरहेको जानकारी गराउदै थप शर्त थपेको उनले जानकारी दिए ।
यता बोर्डले डलर पीपीएको अवधि १० वर्षबाट बढाएर १२ वर्ष बनाउने, आयोजनाको क्षमता ६०० मेगावाट भन्दा कम गर्न सहमति जनाएको थियो ।
पत्रकार सम्मेलन गरि थ्री गर्जेजले आयोजनाको प्रतिफल १७ प्रतिशत मागेको र १२.५ प्रतिशत मात्र हुने देखिएको उनले जानकारी दिए ।
अष्ट्रेलियाको स्नोइ माउन्टेन कर्पोरेशनले गरेको संभाव्यता अध्ययनअनुसार आयोजना बनाउन १ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने देखाएको थियो ।
FACEBOOK COMMENTS