काठमाण्डौँ — राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पश्चिम नवलपरासीस्थित हुलाकी सडक निर्माण कार्य एक वर्षदेखि ठप्प छ ।
सदरमुकाम परासीदेखि नारायणचोक जोड्ने करीब १३ किलोमिटरको यो हुलाकी मार्गलाई कालोपत्रे बनाउने गरी निर्माण थालिएकामा ठेकेदारको लापरवाहीका कारण काम अघि बढ्न सकेको छैन ।
सडक निर्माणका लागि ४६ हजार ४२८ घनमिटर पदार्थको आवश्यकता रहेको भन्दै निर्माण कम्पनी द कञ्चनगङ्गा विरुवा शिवशक्ति कन्सट्रक्सनले नदीजन्य पदार्थको उत्खनन्को समय गुज्रिएपछि मात्रै निवेदन दिएर काम ठप्प पारेको छ ।
स्थानीयवासीले काम नगर्ने ठेकेदारलाई कारवाही गर्न माग गर्दै आएका छन् ।
प्रदेश सरकारले पनि तोकिएको अवधिभित्रै निर्माण सक्न कम्पनीलाई निर्देशन दिएको छ ।
विसं २०७३ फागुनमा सम्झौता भई निर्माण थालिएको सो सडकमा हालसम्म सडकको चौडा विस्तार गरी दायाँबाँया ढल र केही स्थानमा कल्भर्ट निमार्णका लागि खन्ने काम मात्र भएको छ ।
रु २५ करोड १९ लाख ७० हजारको लागतमा निर्माणाधिन सो सडक २०७५ को फागुनसम्म निर्माण गरिनुसक्नुपर्ने अवधि छ ।
तर अहिलेसम्म १५ प्रतिशत काम पनि नभएको भन्दै स्थानीयवासी आक्रोसित भएका छन् ।
— कारोबार
FACEBOOK COMMENTS