काठमाडौँ– चाइना थ्री गर्जेज इन्टरनेशनल कर्पोरेशनले पश्चिम सेती जलविदयुतको क्षमता घटाउन र डलरमा विद्युत खरीद सम्झौंता गर्नुपर्ने शर्त राखेको छ।
लगानी बोर्डबीच भएको छलफलमा कर्पोरेशनका प्रतिनिधीले यो शर्त राखेका हुन्। कर्पोरेशनले राखेको यी शर्तका विषयमा छलफल भएपनि निर्णय भने हुन सकेन।
चिनियाँ कम्पनीले ७ सय ५० मेगावाटको यो परियोजना पाँच सय मेगावाटमा झार्न दबाब दिएको छ।
यो छलफलमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी,अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल,कानुन मन्त्रालयका सहसचिव फणिन्द्र गौतम,प्रधानमन्त्री कार्यालयका सहसचिव हरि पौडेल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहभागी थिए।
विस २०६८ मा तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारले सो आयोजना निर्माणका लागि चिनियाँ कम्पनी थ्री गर्जेजसँग समझदारी गरेको थियो ।
FACEBOOK COMMENTS