काठमाडौँ — सरकारले पश्चिम सेती आयोजना बनाउने भनेर काम गर्न आलटाल गरिरहेको चिनियाँ कम्पनी ‘चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन’ लाई अन्तिम मौका दिने भएको छ ।
२०६८ मा सम्झौता गरे पनि चिनियाँ कम्पनीले विभिन्न सर्त राख्दै अझैसम्म आयोजना निर्माणको सुरसार गरेको छैन ।
थ्री गर्जेजले आयोजना निर्माणका लागि चासो नदेखाएपछि लगानी बोर्डले अन्तिमपटक वार्ता गर्ने तयारी गरेको छ ।
बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले ‘वार्ताका लागि उच्च तहका अधिकारी सम्मिलित हुने टोली पठाउन पत्र लेखेको बताए ।
७५० मेगावाटको आयोजना निर्माणका लागि बोर्डले थ्री गर्जेजसँग समन्वय गरिरहेको छ ।
थ्री गर्जेज विश्वकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना बनाएको कम्पनी हो । तर, नेपालमा भने कम्पनी उदासीन देखिएको छ ।
यही कारण सरकारले ०७५/७६ को बजेटमार्फत यो आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने घोषणा गरिसकेको छ ।
थ्री गर्जेजले ०६८ मा गरेको सम्झौतामा आयोजना सन् २०१४ देखि निर्माण सुरु गरी २०१९ को डिसेम्बरमा गरिसक्ने उल्लेख छ ।
– कान्तिपुर
FACEBOOK COMMENTS