काठमाडौं, कात्तिक २० – बुधवार साँझ पुर्वी नवलपरासी (नवलपुर) मा सुख्खा पहिरोले पुरेर ५ जना मजदुरहरुको ज्यान गएको छ । जिल्लाको बुलिङ्गटार गाउँपालिका-३ स्थित कालिगण्डकी कोरिडोरमा तारजाली भर्ने काम गरिरहेका बेला माथिबाट खसेको सुख्खा पहिरोले पुरेर ५ जना मजदुरको ज्यान गएको हो ।
सोही गाउँपालिका वडा नम्वर–४ स्थित एउटै टोलका २८ वर्षीय तुलबहादुर सारु मगर, २० बर्षीय गोपाल गर्जा मगर, ४२ वर्षीय सुनबहादुर पुलामी मगर, २० वर्षीय ताराबहादुर लङ्गेली मगर र २० वर्षीय चेतबहादुर अस्लामी मगरको ज्यान गएको पश्चिम नवलपरासीको प्रहरी प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिए ।
मल्लका अनुसार ७ जना पुरिएकोमा दुई जनाको जिवितै उद्धार गरिएको छ ।
FACEBOOK COMMENTS