काठमाण्डौँ— पर्वतको पाँच दिनदेखि बन्द मध्यमोदी जलविद्युत आयोजनाको काम शुक्रबार साँझदेखि फेरि सुरु भएको छ ।
प्रभावित क्षेत्रका बासिन्दाहरुले विभिन्न माग राख्दै प्रभावित तालाबन्दी गरेरै आन्दोलनमा उत्रिएपछि पाँच दिनदेखिआयोजनाको काम रोकिएको थियो ।
आयोजना निर्माणका क्रममा सुरुङभित्र बम विष्फोट गर्दा घर चर्किएको भन्दै स्थानीयबासीहरुले गएको आइतबारदेखि तालाबन्दी गरेरै आन्दोलनमा उत्रिएका थिए ।
पटक पटकको वार्तापछि शुक्रबार साँझसम्ममा दुवैपक्षको छलफल निष्कर्षमा पुगेको छ ।
छलफलका क्रममा आयोजना पक्ष र प्रभावित क्षेत्रका बासिन्दाहरुबीच विभिन्न ४ बुँदे सहमति भएको मोदी गाउँपालिका वडा नं.२ देउपुरका वडा सदस्य जीवन चापागाइंले जानकारी दिए ।
— अन्नपूर्ण
FACEBOOK COMMENTS