काठमाण्डौँ —२६ अर्ब ९० करोड रुपैयाँका करिब पाँच हजारभन्दा बढी सडकका आयोजना अलपत्र परेका छन्।
सरकारले दायित्व सिर्जना भएका यस्ता आयोजनामा बजेट निकासा रोकेपछि देशभरी सञ्चालित बहुवर्षीय सडकका आयोजना अलपत्र परेका हुन्।
अर्थ मन्त्रालयको सहमतिमा करिब पाँच हजारभन्दा बढी सडकलाई ४७ अर्ब १७ करोड रुपैयाँ दिने सहमति भएर ठेक्का लागेका थिए।
यो अवधिममा २० अर्ब ४३ करोड रुपैयाँ भुक्तानी भएको छ भने बाँकी रकम निकासा हुन सकेको छैन्।
बजेट अभावका कारण चालू आर्थिक वर्ष २०७५–७६ मा यी आयोजनमा काम हुन नसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव शिवहरी सापकोटाले बताए।
ठेक्कामार्फत कार्यान्वयन थालिएका त्यस्ता आयोजनामा बजेट रोकिएपछि समस्या भएको छ।
— नागरीक
FACEBOOK COMMENTS