काठमाडौं, कात्तिक २६ – पाकिस्तानका एकदिवसीय र टि–२० क्रिकेट टिमका कप्तान बाबर अजाम टेस्ट क्रिकेट टिमका कप्तानमा नियुक्त भएका छन्। आफ्नो कप्तानीमा पाकिस्तानलाई सफलता दिलाउँदै आइरहेका बाबरलाई टेस्ट क्रिकेटको कप्तानी भूमिका पनि सुम्पिएको हो।
पाकिस्तान क्रिकेट बोर्डले अजहर अलीलाई कप्तानबाट हटाउँदै उनको स्थानमा बाबरलाई जिम्मेवारी दिएको हो। योसँगै २६ वर्षीय बाबर पाकिस्तान क्रिकेट टिमको तीन वटै फर्म्याटको कप्तान भएका छन्। अलीको कप्तानीमा पाकिस्तानले एक वर्षमा आठ टेस्ट क्रिकेट खेल खेलेको थियो। जसमा दुई खेलमा जित निकाल्दा तीन खेलमा हारेको थियो। श्रीलंका र बंगलादेशविरुद्ध एक–एक टेस्ट खेलमा पाकिस्तानले अलीको कप्तानीमा जित निकालेको थियो भने अस्ट्रेलिया र इंग्ल्यान्डसँगको सिरिज गुमाएको थियो।
FACEBOOK COMMENTS