काठमाडौं, भदौ १२ – पाकिस्तानका चार जना स्थानीय खेलाडीको सडक दुर्घटनामा निधन भएको छ। फुटबल प्रतियोगिताका लागि भाग लिन जाने क्रममा कारमा सवार पाकिस्तानका अब्दुल माजिद, मोहमद आमिर, नूर मोहमद र अब्दुल मलिकको ज्यान गएको हो।
क्वेटा-कराँची राष्ट्रिय राजमार्ग अन्तर्गत मास्टुङ जिल्लामा मंगलबार दुर्घटना भएको हो। दुर्घटनामा मोहमद वासिम भने गम्भीर घाइते भएका छन्। उनको नवाब घोउस बशख रासानी मोमोरियल अस्पतालमा उपाचार भइरहेको छ।
उनीहरु पाकिस्तानको कलात जिल्ला फुटबल एसोसिएनको खेलाडी भएको र मास्टुङमा फुटबल प्रतियोगिता खेल्न गइरहेका थिए।
दुर्घटनामा फुटबल खेलाडीको ज्यान गएपछि एसियन फुटबल महासंघ (एएफसी) का अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खालिफाले श्रद्धान्जली व्यक्त गरेका छन्।
सलमानले घाइते भएका खेलाडीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
घटनापछि पाकिस्तान फुटबल महासंघमार्फत पत्र पठाउँँदै अध्यक्ष सलमानले समग्र एसियन फुटबल समुदाय निधन तथा घाइते भएका फुटबलरको परिवारको साथमा रहेको बताएका छन्।
FACEBOOK COMMENTS