काठमाडौं । पाकिस्तानको अर्थतन्त्रको सन्दर्भमा जारी गरिएको नयाँ तथ्याङ्क देशका लागि चिन्ताजनक छ । चालू खाता घाटा यस वर्ष अक्टोबरमा १.६ अर्ब डलर पुगेको छ । जीडीपीको ४.१ प्रतिशतबाट बढेर ४.७ प्रतिशत पुगेको छ । स्टेट बैंक अफ पाकिस्तानले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार अक्टोबर महिनाको चालू खाता घाटा सेप्टेम्बरको घाटाभन्दा बढी थियो ।
बढ्दो घाटाले विदेशी मुद्रा सञ्चिति र विनिमय दरमा नराम्रो असर परेको छ । फलस्वरूप चालु आर्थिक वर्षमा रुपैयाँ १३.४ प्रतिशतले अवमूल्यन भएको छ । चालु खाता घाटा बढ्नुको प्रमुख कारण आयात बढेको मानिन्छ ।
स्टेट बैंक अफ पाकिस्तानको तथ्याङ्कअनुसार जुलाई र अक्टोबरको बीचमा आयात ६६.३ प्रतिशतले बढेर २३.४८४ अर्ब डलर पुगेको छ जुन आर्थिक वर्ष २०२१ को सोही अवधिमा १४.११८ अर्ब डलर थियो।
FACEBOOK COMMENTS