काठमाडौं,चैत ६- पाकिस्तान सरकारले कोरोना भाइरसका कारण आफ्ना दुईजना नागरिकको मृत्यु भएको पुष्टि गरेको छ ।
खैबर पख्तूनख्वा प्रान्तको मरदान जिल्लामा ५० वर्षका एक व्यक्ति र हंगू जिल्लाका ३६ वर्षका अर्का व्यक्ति गरी दुईको मृत्यु भएको पाकिस्तान सरकारले जनाएको छ ।
मृतक मध्य ३६ वर्षका ती व्यक्ति भर्खरै दुबईबाट फर्किएको प्रान्तका वित्त तथा स्वास्थ्यमन्त्री तैमुर खान जानकारी दिएका छन् । उनले ट्वीटरमार्फत् जानकारी दिएका हुन् ।
पाकिस्तानको राजधानी इस्लामाबाद, पंजाब, सिन्ध, खैबर पख्तूनख्वा र पाकिस्तान प्रशासित कश्मीरमा कोरोना संक्रमितको संख्या ३ सय ७ पुगेको छ ।
FACEBOOK COMMENTS