काठमाडौँ, असोज २४ – पाकिस्तानले पनि छोटो भिडियो सेयरिङ गर्ने लोकप्रिय एप टिकटकमा प्रतिबन्ध लगाएको छ । पाकिस्तान दूरसञ्चार प्राधिकरण(पिटिए) ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
यद्यपि चिनियाँ एप भएकै कारणले भारत र अमेरिकाले लिएको निर्णयसरह भने प्रतिबन्ध लगाइएको होइन । टिकटकमा पछिल्लो समय अनैतिक र अश्लील भिडियो बढी मात्रामा आउन थालेकाले प्रतिबन्ध लगाएको पाकिस्तान सरकारको भनाइ छ ।
पिटिएका अनुसार टिकटकमा धेरै अश्लील सामग्रीहरु आउन थालेको गुनासो बढेपछि प्रतिबन्ध लगाउने निर्णय गरिएको हो ।
टिकटकले यस्ता खालका प्रतिबन्धित सामग्रीलाई नियन्त्रण गर्ने तरिका अपनाएको खण्डमा भने प्रतिबन्ध हटाउन सकिने पिटिएले जानकारी दिएको छ ।
भारत र अमेरिकाले भने टिकटक चिनियाँ एप भएकाले राष्ट्रिय सुरक्षामा खतरा हुने दावी गर्दै यसमाथि प्रतिबन्ध लगाएका हुन् ।
FACEBOOK COMMENTS