काठमाडौं, भदौ २१ – पाकिस्तानमा शनिवार एक महिला पत्रकारलाई गोली हानेर हत्या गरिएको छ । शाहीना शाहीन सरकारी टिभी च्यानल पाकिस्तान टिभीमा एंक र रिपोर्टर थिइन् । केहि दिन अगाडि मात्र उनलार्य बलूचिस्तानको तुरबतमा ट्रान्सफर गरिएको थिो ।
शाहीन भन्दा अगाडि गएको वर्ष मेमा उरुज इकबाल नामक महिला पत्रकारलाई पनि गोली हानेर हत्या गरिएको थियो ।
रिपोर्टसका अनुसार १९९२ बाट यता २८ वर्षमा ६१ जना पाकिस्तानी पत्रकारको हत्या भएको छ ।
२७ वर्षकी उनी क्वेटा यूनिभर्सिटीमा पीएचडी गर्दै थिइन् । अहिलेसम्म उनको हत्यारा फरार रहेको बताइएको छ । उनको विवाह भएको मात्र पाँच महिना भएको थियो ।
FACEBOOK COMMENTS