काठमाण्डौ — प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माणको बाटो खुलेको छ ।
केबलकार निर्माणका लागि प्रतिस्पर्धा गरिरहेका दुईमध्ये एक कम्पनीले हात झिकेपछि अब पाथीभरा माता देवी दर्शन केबलकार प्रालि काठमाडौंका लागि बाटो खुलेको हो ।
निर्माणका लागि पहिले प्रक्रिया अघि बढाएको त्रिवेणी केबलकार प्रालि भने हाल अलग भएको छ ।
त्रिवेणीका प्रबन्ध निर्देशक सुवास सांघाईले अब आफ्नो कम्पनी निर्माणका लागि नआउने बताए ।
उनले अदालतमा रहेको मुद्दा पनि आफ्नो तर्फबाट फिर्ता लिइसकेको जानकारी दिएका छन् ।
पाथीभराका कार्यकारी निर्देशक ईश्वरी पौडेलले दुई कम्पनीबीच कुरा मिलिसकेको बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS