काठमाडौं – भारतबाट नेपाली बोर्डरसम्म पानीजहाज ल्याउने सन्दर्भमा छलफल र सम्झौता गर्नका लागि पानीजहाज सम्बन्धी भारतीय विज्ञ प्राविधिक टोली नेपाल आउने भएको छ ।
‘नेपाल पानीजहाज कार्यालय’ स्थापना भएसँगै कार्यालयले भारतीय पक्षसँग आवश्यक छलफल र सम्झौता गर्न भारतिय टोली नेपाल आउने भएको हो ।
मन्त्रीपरिषद्को पुस २९ गते बसेको बैठकले इन्जिनियरिङ तर्फका प्राविधिक सहसचिवको नेतृत्वसहित १६ जनाको दरबन्दी रहनेगरी उक्त कार्यालय गठन गर्ने निर्णय गरेको थियो ।
उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव समेत रहेका समितिका संयोजक वेलबासेले सरकारले उक्त कार्यालय गठन गर्ने कदम नेपालमा पानीजहाज सञ्चालनको लागि कोशेढुङ्गा भएको बताए ।
नदीहरुमार्फत् पानीजहाज सञ्चालन गरेमा हाल कोलकत्ताबाट नेपाली बोर्डरसम्मको ढुवानी खर्च ७० प्रतिशत भन्दा बढीले घट्ने प्रक्षेपण गरिएको छ ।
FACEBOOK COMMENTS