काठमाडौं, माघ २६ – नेपालबाट सबैभन्दा धेरै निर्यात भइरहेको प्रशोधित पाम तेलको व्यापार प्रभावित बनेको थियो । भारतले पाम तेलमा प्रतिबन्ध लगाएपछि नेपालले त्यसबारे सुरुमा अनौपचारिक रूपमै भारतको धारणा माग गरेको थियो । खुला गरेको छ । भारतमा नेपालको निर्यातको मुख्य वस्तु पाम तेलमा भारतले एक महिनादेखि भारत निकासी हुनबाट रोकेको थियो ।
उद्योग बाणिज्य तथा अपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले सरकारको अथक प्रयासपछि पाम आयलको निर्यातमा देखिएको अवरोध हटेको बताए । राज्यमन्त्री दुगडले भने पहिलो चरणमा एउटा आयातकर्ताले अनुमतिपत्र प्राप्त गरेको छ भने बाँकीले पनि चाँडै नै पाउने छन् ।
भारत सरकारले पुस २३ गतेदेखि पाम आयलको आयातमा रोक लगाएको थियो । एक महिनाको अथक प्रयासपछि पाम आयालको निर्यात खुलाउन सफल भएको पनि राज्यमन्त्री दुगडको भनाई थियो ।
भारतले पाम तेल निर्यातमा प्रतिबन्ध लगायपछि नेपालबाट सबैभन्दा धेरै निर्यात भइरहेको प्रशोधित पाम तेलको व्यापार प्रभावित बनेको थियो । भारतले पाम तेलमा प्रतिबन्ध लगाएपछि नेपालले त्यसबारे सुरुमा अनौपचारिक रूपमै भारतको धारणा माग गरेको थियो ।
आइतबारबाटै नेपालबाट पाम आयल भारतमा निर्यात गर्न सकिने उनले बताए । भारतमा पाम आयल आयातका लागि एउटा बिहारका कम्पनीलाई भारत सरकारले अनुमति समेत दिईसकेको पनि उनले जानकारी दिए ।
FACEBOOK COMMENTS