काठमाडौं, पुस २८ – नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निर्वाचन आयोग पुनः निर्वाचन आयोग पुगेका छन् ।
आयोगले लेखेको पत्रबारे स्पष्ट पार्न अध्यक्षद्वय सोमबार निर्वाचन आयोग पुगेका हुन् । पत्रमा आयोगले जिज्ञासा राखेका विषयमा जानकारी दिनुका साथै अदालतमा संसद विघटनको मुद्दा विचाराधीन रहेको बेला आयोगले गरिरहेको निर्वाचन तयारी बारे पनि अध्यक्षद्वयले प्रश्न गरेको बताइएको छ ।
नेकपाको आधिकारिक चुनाव चिन्ह र नामका लागि नेकपाका विभाजित घटकहरुले निर्वाचन आयोगमा दावी प्रस्तुत गरिरहेका छन् ।
FACEBOOK COMMENTS