काठमाडौँ– रौतहट जिल्ला अदालतले पुप्प कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको छ ।
रौतहटको लालबकैया नदीमा पुल निर्माण पाएको ठेक्का समयमा नै नसक्दा डुंगा दुर्घटनाको घटना भएको भन्दै अध्यक्ष रौनियारलाई पक्राउ गर्न पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नदीमा पुल नबन्दा दुर्घटना भएको भन्दै स्थानियवासी आक्रोसित बनेका थिए। पुल निर्माणको जिम्मा पप्पु कन्स्ट्रक्सनले पाएको थियो। घटनालाई लिएर पटक पटक बोलाउदा पनि नआएपछि अदालतबाट पक्राउ पुर्जी जारी भएको जनाइएको छ ।
FACEBOOK COMMENTS