काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगन कुमार थापालगायत पुराना दलका नेताहरूको नाममा रकम असुल गर्दै आएको अमेरिकी नागरिक पक्राउ परेका छन् ।
पुराना पार्टीका चर्चित नेताहरूको नाममा रकम असुल गर्दै आएका ती अमेरिकी नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेको हो ।
उनले ‘निकलेज ईडीयू डट एनपी’ नामको वेबसाइटमा राष्ट्रियस्तरका राजनीतिक नेताहरूको नाम र उनीहरूका तस्बिर राख्दै पैसा असुल गरेको पाइएको छ ।
उक्त वेबसाइटमा केपी शर्मा ओली, आरजु राणा देउवा, गगन थापा, महेश बस्नेत, विनोद चौधरीलगायत १३ जनाको नाम राखिएको पाइएको अध्यागमन विभागले जनाएको छ ।
यसरी नेताहरूको नाममा पैसा असुल गर्ने व्यक्तिको नाम सार्वजनिक गरिएको छैन । उनीमाथि थप अनुसन्धानहरू भइरहेको अध्यागमन विभागले जनाएको छ ।

FACEBOOK COMMENTS