अन्जनराज न्यौपाने
तनहुँ, १६ श्रावण- नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री एवम् पूर्वगृहमन्त्री गोविन्दराज जोशीलाई पार्टीले गरेको कारबाहीका विरुद्धमा तनहुँका विभिन्न स्थानहरूमा हस्ताक्षर सङ्कलन सुरु गरिएको छ। १४ औं महाधिवेशन नजिकै गर्दा विभिन्न समयावधिमा पार्टीले पटकपटक अन्याय पूर्ण तरिकाले झुटा आरोप लगाई पार्टीको केन्द्रीय अनुशासन समितिले गरेको कारबाहीप्रति आपत्ती जनाउदै पुर्व सहमामन्त्री समेत रहेका जोशीले पत्रकार सम्मेलन राखी कार्वाहीको घोर भर्त्सना गरेका थिए।
यसै माझ जोशी निकटका कार्यकर्ताले आपत्ति जनाउँदै निर्णय बिरुद्ध हस्ताक्षर संकलन अभियान शुरु गरेका हुन्। संकलित हस्ताक्षर नेपाली काँग्रेस पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवालाई बुझाउने र कारबाही फुकुवाको माग गर्ने निर्णय भएको छ भने कारबाही फुकुवा नगरेमा जुनसुकै कदम चाल्न बाध्य हुने चेतावनी पुर्व सहमामन्त्री जोशीले दिएका छन् ।
FACEBOOK COMMENTS