अन्जनराज न्यौपाने
तनहुँ १८ मंसिर- नेपाली कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलले बुल्दि खोलाको ४५.६ मिटरको मोटरेवल पुल उद्घाटन गरेका छन्।अघिल्लो दिन नै पुल उद्घाटन गर्ने कार्यक्रम तय भए पनि प्रशासनको हस्तक्षेपका कारण निर्धारित तालिका अनुसार पुलको उद्घाटन कार्यमा अवरोध आएको थियो ।
जिल्ला प्रशासन कार्यालयले प्रकृया नपुर्याइ कार्यक्रम तय गरिएकोले राजनितिक असहमती देखिएकोले झडप हुन सक्ने भन्दै पुल उदघाटन तालिका प्रभावित हुने गरि निशेधाज्ञा जारी गरेको थियो । यद्यपी राजनीतिक दबाबका कारण प्रशासनले आफ्नो कार्यक्रम बिथोल्ने गरि सूनियोजित तबरले निशेधाज्ञा लागु गरेको भन्दै कार्यक्रम सम्पन्न गर्न उनी कार्यक्रम स्थल पुगेका थिए ।
प्रशासनले त्यहीबाट उनलाई नियन्त्रणमा लिई ३ घण्टा प्रहरी नियन्त्रणमा राखेर छोडेको थियो । सो को व्यापक विरोध भए पछि प्रशासन पछि हटन वाध्य बनेको छ । र बिहिवार हजारौको संख्यामा नेता कार्यकर्ता सहितको र्याली लिएर उनले पुल उद्धघाटन गरेका छन् ।