काठमाडौं,चैत ६ – पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संयोजक डा। बाबुराम भट्टराई बाँसबारीस्थित गंगालाल अस्पतालमा अस्पताल भर्ना भएका छन् ।
‘ब्याक पेन’ भएपछि उनलाई अस्पताल भर्ना गरिएको उनका स्वकिय सचिव विश्वदीप पाण्डेले जानकारी दिएका छन् । भट्टराईलाई बुधबार राति ८ बजेतिर अस्पताल भर्ना गरिएको थियो । उनको एन्जिओग्रामलगायत जाँच–परीक्षणपछि सबै रिपोर्टहरु सामान्य देखिएकाले केही प्रक्रिया पूरा गरेर आजै डिस्चार्ज हुने स्वकिय सचिव पाण्डेले जानकारी दिए ।
FACEBOOK COMMENTS