काठमाडौँ, फागुन २५ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ । मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएका उनको शनिबारदेखि स्वास्थ्य अवस्थामा थप समस्या देखिएपछि फेरि कोमामा राखिएको छ। उनलाई भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको चिकित्सकहरूले बताएका छन्।
५७ वर्षका जोशीलाई फागुन १३ मा मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको चिकित्सकहरूले बताएका छन्।
जोशीको उपचारमा डाक्टर राजिव झा नेतृत्वको टोली खटिएको छ । उपचाररत जोशीको स्वास्थ्य अवस्था शनिबारदेखि बिग्रिएको जानकारी दिँदै डा झाले अहिले भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको बताए ।
FACEBOOK COMMENTS