काठमाडौं, माघ ४ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको विवाह अहिले चर्चामा रहेको छ । माघ ११ गते मुख्यमन्त्री राईले सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका हुन्
मुख्यमन्त्री राईको विवाहको चर्चा आफूभन्दा आधा उमेरकी युवतीसँग विवाह गर्न लागेकाले पनि भइरहेको छ । राई अहिले ४९ बर्षका भए भने ज्याङ्मु अहिले २३ बर्षकी छन् ।
मुख्यमन्त्री राईको पर्खौली घर भोजपुर हो भने शेर्पाको पुख्र्यौली घर संखुवासभा हो र उनी हाल काठमाडौंमा बस्दै आएकी छन् । ज्याङ्मुका माता पिता भने हाल अमेरिकामा बस्दै आएको बताइएको छ ।
यस अघि मुख्यमन्त्री राईले प्रदेश १ को नामाकारण गरेपछि विवाह गर्छु भनेपनि अहिले आफै विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको र सत्तारुढ दल नेकपानै दुई चिरामा विभाजित भएको अवस्थामा विवाह गर्ने निर्णय गरेका छन् ।
मुख्यमन्त्री राई यसअघि संबिधान सभा सदस्य र केन्द्रमा मन्त्री पनि भैसकेका छन् ।
FACEBOOK COMMENTS