काठमाण्डौं– पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन मौसम विज्ञान विभाग र एनसेलबीच समझदारी भएको छ ।
बाढी पहिरोसम्बन्धी जोखिम न्यूनीकरण गर्न योगदान पुराइरहेको पूर्वसूचना प्रणालीलाई थप मजबुत बनाउन एनसेलले यही शुक्रबार नयाँ समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।
समझदारी पत्रमा एनसेलका तर्फबाट कम्पनीका प्रमुख सूचना अधिकृत विशाल उपाध्याय र जल तथा मौसम विज्ञान विभागका तर्फबाट विभागका महानिर्देशक डा. ऋषिराम शर्माले हस्ताक्षर गरे।
नयाँ समझदारीपत्रले एनसेल र जल तथा मौसम विज्ञान विभागले आगामी पाँच वर्षसम्म पूर्वसूचना प्रणालीको सञ्चालन तथा विस्तारमा सहकार्य गर्ने छ ।
एनसेल र जल तथा मौसम विज्ञान विभागले २०७३ देखि नै पूर्वसूचना प्रणाली सञ्चालनका लागि सहकार्य गर्दै आएका छन् ।
FACEBOOK COMMENTS