काठमाडौं, वैशाख १३ – सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आइतबार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गर्दै भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन जारी राख्ने निर्णय पनि गरेको छ । कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रणका लागि प्रतिबन्धात्मक आदेश गर्दै उपत्यकासहित ठूला शहरहरूमा यसअघि विद्यालय बन्द गरेको सरकारले चालू परीक्षाहरू नरोक्ने निर्णय गरेको थियो ।
तर परीक्षाका नाममा भीडभाड भएको भन्दै सीसीएमसीले तत्कालका लागि सबै परीक्षा रोक्नुपर्ने निष्कर्ष निकालेको हो ।
हेर्नुहोस् सीसीएमसीको निर्णय –
FACEBOOK COMMENTS