काठमाण्डौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्व–पश्चिम विद्युतीय रेल मार्गको बाँकी रहेको सर्भेको काम अघि बढाएको छ ।
बाराको निजगढदेखि नवलपरासीको चमसरियासम्मको १ सय ३५ किमि रेल्वे लाइनको सर्भे अघि बढाएको रेल्वे विभागका प्रमुख बलराम मिश्रले जनाए ।
बीचमा पर्सा र चितवन राष्ट्रिय निकुञ्ज पर्ने भएकाले काम रोकिएको उनले बताए ।
उनका अनुसार जम्मा ९ सय ४५ किमिमध्ये ८ सय १० किमि लाइन सर्भे गरिसकिएको छ ।
८ सय १० किमिको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) काम पनि अघि बढिरहेको भन्दै उनले तीव्रताका साथ काम हुने बताए । .
— कान्तिपुर
FACEBOOK COMMENTS