काठमाण्डौँ — नेपाल पूर्व प्रहरी संगठन र माछापुच्छ्रे बैंक लिमिटेडबीच सरल कर्जा उपलब्ध गराउने सम्बन्धि संझौतामा हस्ताक्षर भएको छ ।
नेपाल पूर्व प्रहरी संगठनको धापासी स्थित सभा हलमा भएको उक्त संझौतामा नेपाल पूर्व प्रहरी संगठनका केन्द्रिय अध्यक्ष बसन्त राज कुँवर तथा माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले हस्ताक्षर गरे ।
संगठन र बैंकबीच पूर्व प्रहरीहरुलाई पेन्सन पट्टा धितो राखी कर्जा उपलब्ध गराउने सम्बन्धि महत्वपूर्ण संझौता भएको थियो ।
FACEBOOK COMMENTS