काठमाडौँ, फागुन १९ –पूर्व मिस नेपाल शृंखला खतिवडा थप अध्ययनका लागि अमेरिका जाने भएकी छन् । उनी आगामी अगस्टमा पुग्ने गरी अमेरिकाको हावर्ड विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनका लागि जान लागेकी हुन् ।आर्किटेक्चरमा स्नातक गरेकी खतिवडाले सहरी विकासमा स्नातकोत्तर गर्ने बताएकी छन् । उनले गत जनवरीमा अध्ययनका लागि आवेदन दिएकी थिइन् ।
२ वर्षे कोर्स सकेर नेपाल फर्किने शृंखला बताउँछिन् । केही समय अघि नेपालमै गाथा नामक कम्पनी सञ्चालन सुरु गरेकी शृंखला समाज सेवामा पनि विशेष रुची राख्छिन् ।हावर्ड विश्वविद्यालयबाट अध्ययनका लागि स्वीकृति पाएपछि शृंखलाले सामाजिक सञ्जालमार्फत् खुसी साटेकी छन् । उनले यो खुसी अहिलेसम्मको जीवनको सबैभन्दा ठूलो भएको बताएकी छन् ।
सन् २०१८ की मिस नेपाल विजेता शृंखलाले मिस वर्ल्डमा सहभागिता जनाएर निक्कै चर्चा कमाएकी थिइन् ।
FACEBOOK COMMENTS