काठमाडौं,६ फागुन-सरकारले पेट्रोलको मुल्य बढाए संगै राजधानीको आरआर कलेज अगाडि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले टायर जलाएर सरकारी कदमको विरोध गरेको छन् ।गत हप्ता माघ २८ गते बुधबार मात्रै खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले फागुन ४ गते मंगलबार पुनः मूल्य बृद्धि गरेको हो।
निगमले एक महिनाको अवधिमा यो तेस्रो पटक मूल्य वृद्धि गरेको हो। माघ ६ गते निगमले तेलको मूल्य बढाएको थियो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको जिकिर गर्दै पेट्रोलियम पदार्थको मूल्य बढाएको होउपभोक्ताले पेट्रोल लिटरको १ सय १४ रुपैयाँ र डिजल तथा मट्टितेल ९७ रुपैयाँ तिर्नुपर्ने भएको छ।