काठमाण्डौँ — पेट्रोलियम पदार्थ चुहावटमा तोकिएको सीमा नाघे नेपाल आयल निगमले सम्बन्धित डिपो प्रमुखबाट प्राविधिक नोक्सानी बापतको रकम क्षतिपूर्ति बापत भराउने भएको छ।
सेक्युरिटी लकिङ सिस्टम जडान गरेपछि निगमका अधिकांश डिपोमा लस टार्गेट (प्राविधिक नोक्सानी लक्ष्य) सीमाभन्दा कम भए पनि केही डिपोले सीमा नाघेपछि निगमले कडाइ गर्न लागेको हो।
नेपाल आयल निगम सञ्चालक समितिले तोकिएको सीमा नाघे प्राविधिक नोक्सानीको आधारमा रकम सम्बन्धित डिपो प्रमुखबाट क्षतिपूर्ति भराउन निगम व्यवस्थापनलाई अनुमति दिएको छ।
लस टार्गेटको सीमा नाघे डिपो प्रमुखबाटै असुल्ने तयारी भएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए। ‘
सेक्युरिटी लकिङ सिस्टम जडान गरेपछि धेरै डिपोमा प्राविधिक नोक्सानीमा सुधार आएको उनले बताए।

निगमले डिपो अनुसार प्राविधिक नोक्सानीको मापदण्ड बनाएको छ।
— नागरीक
