काठमाडौं,मंसिर १६ – नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ बढाएको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ ।
भाउ बढेपछि अब पेट्रोलको भाउ प्रतिलिटर १ सय ९ रुपैयाँ र मट्टितेल र डिजलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ । निगमले एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने बढाएको छैन् ।
भारतको इन्डियन आयल कर्पोरेसनबाट भाउ बढेर आएका कारण नेपालमा मूल्य समायोजन गरिएको आयल निगमले जनाएको छ।
FACEBOOK COMMENTS