 
			                  			              
बसन्त अर्याल
अध्यानको लागि सन् २००९ मा बेलायत छिरेका दया राम सापकोटा आफ्नो अध्यान पुरा गरि २०१४ मा नेपाल फर्किए । विदेशमा बसेर भन्दा नेपालमै बसेर केहि गर्न सकिन्छ भन्दै उनि नेपाल फर्किएका थिए । होटेल म्यानेजमेन्ट सम्बन्धी अध्यान गर्नको लगि बेलायत पुगेका सापकोटा युवाहरुले नेपालमै केही गर्नु पर्छ र आफ्नै देश बनाउनु पर्छ भन्ने धारणले नेपाल फर्किएको उनी बताउँछन् ।
सबै विदेशमा राम्रो हुन्छ भन्दै जाँदा उनलाई पनि विदेश गएर पढ्न पाए हुन्थो भन्ने लागर विदेश गए उनी । तर अरु धेरै नेपाली जस्तो अध्यान पुरा गरेपछि बेलायत बस्न उनले रुचाएनन् । अरुको देशमा बसेर भन्दा नेपालमै बसेर पनि सानो काम गर्दा धेरै सन्तुष्टी हुने भएकाले नेपाल फर्केको उनको भनाई छ ।
अध्यान संग सगै काम पनि गरेका उनी नेपालीलाई बेलायतको सिस्टम संग घुलमिल हुन गाह्रो हुने अनुभव गरेका छन् । ‘न त कोहि चिनेको, न राम्ररी भाषा बोल्न आउने , काम खोज्न धेरै गाह्रो थियो । त्यहाँ काम गर्दा सन्तुष्ट नै हुन नसकिने । पैसा कमाउन त बेलायतममा धेरै कमाइन्थो होला तर आत्म सन्तुष्टीको लागि नेपाल नै ठिक हुने रहेछ । नेपालमा बरु सानो व्यवसाय गर्दा पनि खुसी हुन सकिन्छ । तर म बेलायमा बस्दा खुसी हुन सकेन ।’
पोखराको पर्यटन प्रबद्धनमा लागेका उनी विन्दवासिनी मन्दिर नजिकै मिराकल क्याफे सञ्चालन गरेका छन् । त्यस्तै पोखराको सिर्जना चोकमा ह्वाईट हाउस पार्टी प्यालेसका डाईरेक्टर पनि हुन् । उनी विभिन्न सामाजिक संघ संस्थाहरुमा संग्लन्न छन् ।

उनलाई व्यवसाय गर्न बेलायतमा सजिलो भए पनि सन्तुष्ट हुन भने नसकिने बताए । ‘नेपालमा सिस्टमको कमि छ् । हामी बेलायतको भन्दा डेढ सय वर्ष पछि छौ । त्यहाँ भौतिक पूर्वधार देखी हरेक कुरा सिस्टम अनुसार हुन्छ । नेपालमा लगानी गरे पछि त्यसलाई संरक्षण गर्न धेरै लाग्नु पर्छ तर बेलायतमा लगानी गर्नु पर्छ संरक्षण सरकारले गर्छ ।’

हिन्दु धर्मालम्बीहरुको शक्तिपिठ विन्दवासिनी मन्दिरमा विशेषगरि भारतीय पर्यटक वढी आउने गरेको उनी बताउँछन् । मन्दिर नजिकै रहेको उनको रेस्टुरेन्टमा भारतिय तथा अरु मुलुकमा पर्यटक आउने गरेका छन् । पर्यटक संगको भलाकुुसारीको क्रमका पर्यटकले पनि बेलायतबाट फर्केर नेपालमा व्यवासय गरेकोमा उनी सामु खुसी व्यक्त गर्ने गरेका छन् ।
विदेशबाट आउने पर्यटकले यस्तो सुन्दर नेपालमा राजनितिक स्थाइत्य भयो भने धेरै विकास हुने धारणा राख्छन् । प्रकृतिक रुपले सुन्दर नेपालको बारेमा विश्वका धेरै मान्छेलाई थाहा नभएको उनले सुन्ने गरेका छन् । उनी संग भलाकुसारी गर्ने पर्यटकले नेपालको पर्यटक विकासको लागि पर्यटकहरुले पोखरामा अझै पाँचतारे होटेल , होम स्टे खोल्न सकिने सुझाव पनि उनलाई दिने गरेका छन् ।

नेपाल आउने पर्यटक धेरै भए पनि खर्च भने कम गर्ने गरेको तथ्याङ्कले देखाउँदै आएको छ । हरेका वर्ष पर्यटक बढ्ने तर खर्च भने नेपालमा खास्सै बढेको छैन । सपकोटाले नेपालमा आउने पर्यटकले खर्चै नगर्ने भन्ने हुँदैन भन्छन् । ‘ पर्यटक घुम्न रमाउन आउने हुन् आफ्नो हैसियत अनुसार खर्च गर्ने गरेका हुन्छन् । हामीले उनिहरुलाई मन पर्ने खानाको परिकार, खरिद गर्न लाएक आकर्षक वस्तुमा बढी जोड दिनु पर्छ ।’

‘पोखरामा पर्यटक बढाउनको लागि पाँच तारे होटेल खोल्ने, होम स्टेहरुको व्यवस्था गर्ने, अहिले धेरैलाई अर्गानिक खाना मन पर्ने भएकाले त्यसमा जोड दिने गर्नु पर्छ । दुई दिन बस्छु भनेर आएको पर्यटकलाई ५ दिन सम्म राख्न सक्ने वातावरण बनाउनु पर्छ । पोखरा वरपर पर्यटकले धेरै दिन विताउने खालका स्थान पहिचान गरि पर्यटकलाई राख्न सक्नु पर्छ ।’
नेपाली युवालाई उनले विदेश जानु भन्दा नेपालमै केहि न केही व्यवसाय गरेर बस्न सकिने बताउँछन् । पोखराको पर्यटन व्यवसायमा लाग्न खोज्ने साथीहरुको लागि सरकाले ल्याउन लागेको पर्यटन योजनामा सरिक हुन सल्लाह दिन्छन् । गण्डकी प्रदेशका पर्यटन मन्त्रीले ३ सय ओटा नयाँ होम स्टे बनाउने बताएकाले युवाहरुलाई यसबाट फाईदा उठाउँन सुझाव दिन्छन् । सरकारले नयाँ उद्यम गर्ने युवालाई सहुलियत ऋण दिने भनेको छ , यसलाई सदुपयोग गर्दै पर्यटन व्यवसायमा आए राम्रो हुने उनले देखेका छन् ।

पैसा कमाउन विदेश जानै नपर्ने उनको तर्क छ । नेपालमा सानो उद्यम गरे पनि पैसा कमाइन्छ भन्ने उनलाई पुर्ण विश्वास छ । नेपालको विकास भनेको युवाहरुकै हातमा छ । विदेश जाने पैसाले नेपालमा लागानी गरे यहीबाट प्रतिफल पाउन सकिने उनलाई लागेको छ ।
FACEBOOK COMMENTS