काठमाडौँ, भदौ ३१ – पोखरा महानगरपालिकामा निषेधाज्ञा खुकुलो भएपछि आइतबारदेखि स्वास्थ्य सतर्कता अपनाएर बस ट्याक्सी लगायत सार्वजनिक सवारी साधान संचालनमा आएका छन् । सवारी साधन संचालनमा आए पनि यात्रु निकै कम हुँदा खाली गुडिरहेको व्यसायीले बताएका छन् ।
पहिलो दिन आइतबार ७ वटा बस संचालनमा आएकोमा दोस्रो दिन सोमबार १९ वटा बस संचालन गरिएको पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रकाश गुरुङले जानकारी दिए । बसमा चढ्ने यात्रु प्रयाप्त नहुँदा तेल राख्न पनि समस्या परेको उनले सुनाए । लकडाउन खुकुलो भएपछि पनि पोखरा महानगरपालिकामा करिव दुई हप्ता बस संचालनमा आएका थिए ।
अहिले माइक्रोबस, ट्याक्सी, ठूला बस लगायतका सार्वजनिक बस संचालमा आए पनि यात्रु भने न्युन छन् । ट्याक्सी बाहिर निकाले पनि यात्रु नपाउँदा तेल खर्च पनि नउठेको ट्याक्सी चालक सन्तोष ठकुरीले बताए । साहुँको ट्याक्सी ठेक्कामा लिएर चलाउने गरेका उनले साहुलाई दिने रकम त के तेल राख्ने पैसा पनि नउठ्ने गरेको सुनाए ।
पोखरा यातायात प्रालिमा आवद्ध साना तथा ठूला गरी ३ सय ७८ वटा बस छन् । सबै बसमा गरी करिव ८ सय जना मजदुरले रोजगारी पाएको अध्यक्ष गुरुङले बताए ।
कोरोना संक्रमण नियन्त्रण गर्न लकडाउन र निषेधाज्ञा लगाएपछि मजदुरलाई तलव दिने र बैंकको ब्याज तिर्न समस्या परेको उनले सुनाए । यसैले रोगले भन्दा भोकले मर्ने अवस्था सिर्जना भएको उनले बताए।
बैंकबाट ऋण लिएर यातायातमा लगानी गरेका व्यसायीलाई बैंकले ब्याज तिर्न ताकेता गरेको पनि उनले सुनाए । नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार सवारी साधन संचालन भएको उनले बताए ।
FACEBOOK COMMENTS