काठमाडौं, चैत २१ – नेपालमा कोरोनाका संक्रमितको संख्या सात पुगेको छ । कास्कीमा भारतबाट फर्किएका एक व्यक्तिमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ । कोराना संक्रमणको पहिलो परीक्षणपछि थप परीक्षणका लागि ४ जनाको रिपोर्ट काठमाडौं पठाइएको प्रतिष्ठानका डा. बुद्धि थापाले जानकारी दिए । तीमध्ये एक व्यक्तिमा भने पहिलो रिपोर्ट पोजेटिभ आएको र थप परीक्षणका लागि टेकु पठाइएको बताइएको छ ।
नेपालमा अहिलेसम्म फेला परेका संक्रमित सबै विदेशबाट आएका हुन् ।यसअघि फ्रान्स हुँदै दोहाबाट काठमाडौं आएकी १९ वर्षीया युवती र बेल्जियबाट दोहा हुँदै काठमाडौं आएकी बागलुङकी २२ वर्षीया युवतीमा कोरोना पोजेटिभ पाइएको थियो।
FACEBOOK COMMENTS