काठमाडौं- नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहाका स्कुटरचालकहरुलाई रोमाञ्चक ‘राइड एन्ड रिट्रिट’को आयोजना गरेको छ । गण्डकी अञ्चलका २५ जना यामाहा स्कुटरचालकलाई पोखराको यामाहा डिलर विश्वकर्मा अटोवक्र्सबाट पोखरा बजार हुँदै अतिथि रिसोर्ट सम्म राइड गरिएको थियो ।
पाँच समूहमा विभाजन गरिएका २५ जना स्कुटरचालकलाई ‘पिलो फाइटिङ’, ‘टग अफ वार’, ‘पिकिङ द फ्ल्याग’, जस्ता खेल खेलाइएको थियो । विश्वकर्मा अटोवक्र्सका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले डिलर र राइडरहरुबीचको सम्बन्ध नजिक र गाढा बनाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको बताए ।
केही महिनाअघि भएको एक स्वतन्त्र अध्ययनमा यामाहाका स्कुटरहरु स्टाइल र कम्फर्टका लागि सबैभन्दा बढी रुचाइने गरेको देखिएको थियो । एमएडब्लुले विगत ६ वर्षदेखि नेपालमा स्कुटर भित्र्याउँदै आएको छ । यो छोटो अवधिमा यामाहाका स्कुटर नेपाली ग्राहकमाझ लोकप्रिय बनिसकेको छ । डिजाइन र प्रविधिमा यामाहाको नविनतम प्रयोगले गर्दा विश्व बजारमा नै यामाहाको स्कुटर चर्चित छ ।
यामाहाको इन्जिनियरिङले स्कुटरलाई स्टाइलिस र स्पोर्टी भिजुअल अपिल मात्र दिँदैन यसले हरेक राइडलाई आरामदायी र रोमाञ्चकारी समेत बनाउँछ ।
नेपालमा अहिले यामाहाको फेसिनो, रेजी, रे जेडआर र अल्फा गरी चार मोडेलका स्कुटर उपलब्ध छन् । यी स्कुटरहरु विभिन्न उमेर र फरक पेसामा आबद्ध महिलापुरुषलाई सुहाउने गरी तयार पारिएका हुन् । यामाहा स्कुटरमा प्याटेन्डेट ब्लुकोर टेक्नोलोजीजडित इन्जिन छ जसले स्कुटरको पर्फमेन्स र माइलेजलाई पनि बढाउँछ ।
FACEBOOK COMMENTS