पोखरा ।
पोखराको व्यावसायिक प्रतिष्ठान पोखरा ट्रेड मलले सटर भाडामा विशेष छुट प्रदान गरेकोछ । चैत महिनाको मासिक भाडामा ५० प्रतिशत छुट गर्ने निर्णय गरिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कोरोना भाइरसबाट आर्थिक क्षेत्र अस्तव्यस्त भएको र व्यवसायीहरु मर्कामा परेको भन्दै मलले यस्तो निर्णय गरेको मलका अध्यक्ष विन्दुकुमार थापाले जानकारी दिए । ‘थोरै भएपनि राहत होस भनेर प्रथम चरणमा चैत महिनाको भाडामा ५० प्रतिशत छुट प्रदान गरिएको हो,’ उनले भनेे । आवश्यक परेमा आगामी महिना पनि छुटलाई निरन्तरता दिइने उनलेे जानकारी दिए ।
त्यसैगरी बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने ऋणको ब्याजदरमा कम्तीमा पनि ५० प्रतिशत छुट प्रदान गर्न मलले आग्रह गरेको छ ।
मलको प्रवेशद्वारमा कोरोना भाइरसको हेल्प डेस्क स्थापना गरिएको प्रवन्ध निर्देशक मीनराज काफ्लेले जानकारी दिए । ग्राहक, व्यवसायी तथा अन्य सबैलाई सेनिटाइजर प्रयोग गर्न लगाइ स्वच्छ भइ मल भित्र प्रवेश गर्ने वातावरण मिलाइएको सञ्चालक सन्तोषकुमार घिमिरेले जानकारी दिए । ट्रेड मलमा ५ सय ३ वटा सटर छन् ।
FACEBOOK COMMENTS