काठमाण्डौँ — पोखरादेखि बाराको सिमरा तथा पोखरा–मनाङ सिधा जहाज सञ्चालन हुने भएको छ।
गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७५/०७६ को नीति कार्यक्रममार्फत पोखरालाई सातवटै प्रदेशसँग हवाईमार्गबाट जोड्ने उल्लेख गरेको छ।
सोही नीति तथा कार्यक्रम कार्यान्वयन गर्न प्रदेशका पर्यटनमन्त्री विकास लम्सालसहित छलफलमा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको टोली र स्थानीय तहका जनप्रतिनिधीहरुले माघ दोश्रो सातादेखि पोखरा–सिमरा जहाज उडाउने निर्णय गरेका हुन्।
निर्णयानुसार पुस २४ गते मनाङको हुम्डे विमानस्थलमा पोखरादेखि जहाजले उडान भर्नेछ।
लामो समयदेखि बन्द रहेको यो विमानस्थललाई नै सञ्चालन गरिने भएको हो।
उता बाराको सिमरा उड्ने जहाजले भने माघ दोश्रो सातादेखि उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले जानकारी दिए।
— नागरीक
FACEBOOK COMMENTS