काठमाण्डौँ — सवारी चापले साँघुरिँदै गएको पोखरा महानगरपालिकाभित्र एक सय २० किलोमिटर लामो चक्रपथको प्रस्ताव आएको छ।
चिनियाँ टोलीसँग अघिल्लो हप्ता प्रदेश सरकार र स्थानीय सरकारको उपस्थितिमा चक्रपथको प्रारम्भिक छलफल गरिएको छ।
गण्डकी प्रदेश सरकारले चक्रपथको विषयमा सम्भाव्यता अध्ययन गर्न संघ सरकारसँग अनुमति मागेको छ।
प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतका अनुसार, प्रस्तावित चक्रपथमा चिनियाँ कम्पनी पावर चाइना सिपिङ पावर लाइन हाडवेयर कम्पनी लिमिटेडले चासो देखाएको छ।
यसको सम्भाव्यता अध्ययनको लागि प्रदेश सरकारले अनुमति मागेको बस्नेतले जनाए।
प्रारम्भिक अध्ययनको काम सकेर महानगरले एक सय २० किलोमिटर लामो चक्रपथ निर्माणको प्रस्ताव अघि सारेको हो।
— नागरीक
FACEBOOK COMMENTS