काठमाण्डौँ — गण्डकी प्रदेशकै विकासको मेरुदण्डको रुपमा लिएको पोखरा विमानस्थलको निर्माण कार्य हाल द्रुत गतिमा भैरहेको छ ।
२०७४ साल देखि पोखरा विमानस्थलको निर्माण कार्यले गति लिएको हो ।
राष्ट्रिय गौरव योजनाको रुपमा रहेको पोखरा विमानस्थल हाल संघीय सरकार, प्रदेश सरकार र स्थानिय गरी तीनै वटा सरकारको समेत चासो बढेको छ ।
पोखरा विमानस्थल करिब २२ अर्बको लगानीमा सन् २०२१ जुलाइ भित्र सकिने गरी चाईनिज कम्पनीले हाल निर्माण कार्यलाई तिव्र पारेको छ ।
पोखरा विमानस्थल करिब ३७ सय रोपनी क्षेत्रफलमा निर्माण हुने भएको हो ।
अर्थ मन्त्रालयसँग सहायक ऋण सम्झौता भएसँगै २०१७ को जुलाई ११ (२०७४ असार २७ गते)बाट निर्माण कार्य सुरु भएको हो ।
पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख विनेस मुनाकर्मीले पोखरा विमानस्थल निर्माणको हाल करिब २० प्रतिशत भन्दा बढी काम सम्पन्न भएको बताए । .
— अन्नपुर्ण
FACEBOOK COMMENTS