काठमाण्डौँ — पोखरा क्षेत्रीय अन्तर्राट्रिय विमानस्थलको करिब ३० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।
पोखरा विमानस्थपोखरा विमानस्थलको निर्माण कार्य ३० प्रतिशत सम्पन्न
काठमाण्डौँ — पोखरा क्षेत्रीय अन्तर्राट्रिय विमानस्थलको करिब ३० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।
पोखरा विमानस्थल निर्माणको हाल करिब ३० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनका प्रमुख विनेश मुनाकर्मीले बताए ।
विमानस्थलको निर्माण कार्य सुरु भएको करिब १५ महिनामा एप्रोन पूरा भएको उनले बताए ।
त्यसैगरी उक्त परियोजनामा १४ वटा भवन निर्माण हुने भए पनि हालसम्म ५ वटा भवन निर्माण सम्पन्न भएको आयोजना प्रमुख मुनाकर्मीले बताए ।
सबै तहका सरकार, स्थानीय र सरोकारवाला निकायको यसै गरी साथ र सहयोग पाएको खण्डमा आफूहरुले सन् २०२० भित्रै उक्त परियोजना सक्ने योजना रहेको उनले बताए ।
— कारोबार
FACEBOOK COMMENTS