काठमाडौं, मंसिर २९ – नेपाल टेलिकमले उपलब्ध गराइरहेको जीएसएम पोस्टपेड मोबाइलका प्रयोगकर्ताले मासिक रेन्टल चार्जको रकम समेत प्रयोग गर्न सक्ने भएका छन्। टेलिकमले पोस्टपेड मोबाइल प्रयोगकर्ताले प्रत्येक महिना न्यूनतम ३८३.०७ रुपैयाँ रेण्टल शुल्क तिर्दै आएकामा उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अफर वा अन्य विशेष पोस्टपेड अफर लिएका ग्राहकहरुको हकमा यो रकम फरक हुनसक्ने जनाएको छ।
प्रेस विज्ञप्ति जारी गर्दै टेलिकमले पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले धेरै सुविधा उपयोग गर्ने भएकाले यो व्यवस्था पहिलेदेखि नै गरिएको र यही रेन्टल चार्ज वापतको रकम पोस्टपेड प्याक खरिद गर्न, कुनैपनि प्याक खरिद नगरी फोन गर्न, एसएमएस गर्न वा डाटा चलाउन पाइने जानकारी दिएको छ।
FACEBOOK COMMENTS