काठमाडौं, वैशाख ३० । ईजरायलस्थित नेपाली दुतावासले इजरायलमा रहेका नेपालीहरुमा सुरक्षित रहन अपिल गरेको छ । इजरायलका लागि नेपाली राजदुत डा. अन्जान शाक्यले एक विज्ञप्ति जारी गर्दै आवश्यक सुरक्षा सावधानी अपनाउन अपिल गरेकी हुन् ।
विगत केही दिनयता ईजरायल र प्यालेष्टाइनबीच तनाव बढ्दैगएपछि केही दिनदेखि जेरुसेलम र दक्षिण ईजरायली क्षेत्रमा सैयौं रकेट आक्रमण भएको छ । गए राती मात्रै गाजाबाट तेल अबिबलाई निशाना बनाई १८० भन्दा बढी रकेट प्रहार भएको छ ।
‘यसले हामी सबैलाई त्रसित तुल्याएको छ । तथापि, यसबाट नआत्तिन तथा सम्भव भएसम्मका सुरक्षाका उपायहरुको खोजी गर्नतर्फ लाग्न ईजरायलवासी सबै नेपालीहरुमा हार्दिक अपिल गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।
साइरन बज्नासाथ घर भित्र हुनुहुन्छ भने बङ्कर, भर्याङ्ग वा त्यस्तै सुरक्षित क्षेत्रमा जान र झ्याल नजिक नजान दुतावासको आग्रह छ । यदि घरबाहिर बजार, सडक, फार्म वा अन्यत्र कतै भएमा नजिकैको बङ्करमा पुगिहाल्न दूतावासले अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS