काठमाडाैं, माघ २ – नेपाली कांग्रेसद्वारा वीरगञ्जमा आयोजित सभालाई आइतवार सम्बोधन गर्दै नेता थापाले ओली प्रवृत्तिलाई हुर्काउनु र अहिलेको संकट आउनुमा प्रचण्ड र नेपालको पनि उत्तिकै योगदान रहेको आरोप लगाएका हुन् ।
उनले ओलीलाई दुईतिहाइ बहुमतमा पुर्याउन उपेन्द्र यादवको समेत योगदान रहेको टिप्पणी गरे
‘प्रचण्डको लोभ, माधव नेपालको कायरता, झलनाथ खनाल, नारायणकाजी लगायतका नेताको लोभ र लालचका कारण ओलीले यो दुस्साहस गरे । ओलीसँग प्रचण्डको भागशान्ति मिलेको भए यो अवस्था आउने थिएन,’ थापाले भने, ‘ओली प्रवृत्तिको उदय हुनुमा प्रचण्ड–नेपाल मात्र होइन उपेन्द्र यादवले पनि योगदान गरे । नेकपाले दुईतिहाइ पाएको थिएन, तथाकथित मधेसवादी दलले पुर्याइदिको हो । मधेशको मसिहा बनेका उपेन्द्र र राजेन्द्र महतोले लाइन लागेर ओलीलाई दुईतिहाइ पुर्याइदिएको होइन ?’
नेता थापाले प्रतिनिधि सभा विघटनलाई सच्याएर चुनावमा जानुको विकल्प नभएको पनि बताए ।
FACEBOOK COMMENTS