काठमाडौं, पौष १० – विभाजित नेकपाको प्रचण्ड-नेपाल समूहले विभिन्न संघर्षका कार्यक्रमको घोषणा गरेको छ । आज संसद् विघटनविरुद्ध उक्त समूहले आन्दोलन गर्दै छ । अहिले साढे ९ बजे केन्द्रीय सदस्य तथा सांसदहरु माइतीघरमा भेला हुँदै छन् । माइतीघरमा भेला भएर आजै दिउँसो १२ बजे निर्वाचन आयोगमा जाने तयारी छ ।
बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो । प्रचण्ड-नेपाल समूहले आजै पत्रकार सम्मेलन पनि गर्दै छ । प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५०१ सदस्यीय संघर्ष समिति गठन पनि गरिएको छ ।
यस्ता छन् प्रचण्ड-नेपाल समूहको कार्यक्रम
– १० गते ९:३० बजे सबै केन्द्रीय सदस्य, सासंदहरूलगायत माइतीघर मण्डलमा जम्मा भएर १२ बजे निर्वाचन आयोग जाने । दिउँसो २ बजे पत्रकार सम्मेलन ।
– एक साताभित्र प्रदेशहरूको बैठक सम्पन्न गर्ने ।
– १४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने ।
– १२ गते ७७ जिल्लाको भेला/बैठक गर्ने ।
– १४ गते ७७ वटै जिल्लामा प्रतिगमनविरुद्ध आन्दोलन ।
– २० गतेभित्र नगर/गाउँपालिकासम्म बैठक, भेला गर्ने ।
– २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने ।
– काठमाडौंलगायत सहरहरूमा प्रतिगमनविरुद्ध दैनिक आन्दोलन गर्ने ।
FACEBOOK COMMENTS