काठमाडौं , माघ २३ – उपप्रधानमन्त्रीसमेत रहेका नेकपाका नेता इश्वर पोखरेलले कम्युनिस्ट आन्दोलनमा प्रचण्ड प्रवृत्ति हावी भएको बताएका छन् । नारायणहिटी दरबारअघि आयोजित सभालाई सम्बोधन गर्दै जनताका सपना पूरा गर्न कम्युनिस्ट एकता अभियान चलाएपनि केही विशाक्त तत्वले सफल हुन नदिएको बताए ।
दाहाल–नेपाल पक्षले निर्वाचन आयोगलाई खबरदार निर्वाचन गराउला भन्दै धम्की दिएको आरोप लगाएका छन् । आज काठमाडौंमा आयोजित बृहत्त सभालाई सम्बोधन गर्दै उनले आफूहरु जनताको फैसला स्विकार गर्न तयार रहेको स्पष्ट पारेका छन् ।
नेता पोखरेलले कम्युनिस्ट आन्दोलन र देशको समृद्धिलाई असफल बनाउन परिचालिन प्रचण्ड प्रवृत्ति र माधव नेपाल प्रवृत्तिलाई सफल हुन नदिने बताए । उनले मुलुकमा राजनीतिक स्थायित्वका लागि जस्तोसुकै प्रतिकूलता भएपनि निरन्तर लागि परिरहने बताए ।
आफूहरु जस्तोसुकै प्रतिकुलतासँग जुधेर भएपनि मुलुकको स्थायित्वको लागि लागिपर्ने पनि उनले विश्वास दिलाए । नेकपा कुन आधिकारिक हो ? भनेर प्रश्न उठेको उल्लेख गर्दै उनले ओलीले नेतृत्वको नेकपालाई कसैले पनि तोड्न नसक्ने उद्घोष गरे । सूर्य चिन्ह पनि ओलीले नेतृत्व गरेको नेकपाले प्राप्त गर्ने दाबी गरे । उनले भने–‘हामी हाम्रो सूर्य चिन्ह लिएर जनताको ताजा जनादेश लिन जान्छौं ।
FACEBOOK COMMENTS