काठमाडौं, फागुन ७ – नेपाल तरुण दलले ७१ औँ प्रजातन्त्र दिवसका अवसरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) लगनखेलमा विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । तरुण दलले आज एक कार्यक्रमकाबीच २५०० थान मास्क, १० थान पी.पी.ई सेट र २८ थान फेस शिल्ड हस्तान्तरण गरेको हो ।
तरुण दल केन्द्रीय समितिले पाटन अस्पतालका रजिस्ट्रार प्रोफेसर डा. पारस आचार्य ती सामाग्रीहरु हस्तान्तरण गरेको तरुण दलका अन्यक्ष जीतजंग बस्नेतले जानकारी दिए ।
कोरोना महामारीको जोखिम अझै रहेको र स्वास्थ्यकर्मीहरु अझै जोखिम मोलेर काम गरिरहेकाले आफूहरुले फ्रन्टलाइनमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई उक्त सामाग्री हस्तान्तरण गरेको उनले बताए ।
कोरोना महामारीका बेला तरुण दलले विभिन्न ठाउँहरुमा स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
FACEBOOK COMMENTS