काठमाडौं, चैत २९ – वाणिज्य, आपूर्ति तथा उपयोक्ता हित संरक्षण विभागले नयाँ बानेश्वरको आईकालु मिट सेन्टरलाइ २ लाख रुपैयाँ जरिबाना तिराएको छ ।
विभागले अनुगमन गर्दा खसीको मासु प्रतिकिलो १ हजार ८ सयका दरले बेचेको पाइएको थियो । उसलाई २ लाख रुपैयाँ जरिबाना गरिएको बिभागले जनाएको छ ।
यस्तै कलंकीको चितवन खाद्य स्टोर्सलाई बढी मूल्यमा सामान बेचेको कसुरमा २ लाख र नागार्जुन नगरपालिका ४ बाफलमा म्याद नाघेको सामान बेच्ने न्यू बि। के। स्टोरलाई ३ लाख जरिवाना गरिएको विभागले जनाएको छ ।
FACEBOOK COMMENTS