काठमाडौं, जेठ ८ – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भएको बताएका छन् ।
उनले शनिबार सामाजिक सञ्जालमार्फत संसद विघटन गरेर निर्वाचन घोषणाा गर्नु संविधान विरोधी, प्रतिगामी तानाशाही कदम भएको टिप्पणी गरेका हुन् । उनले प्रतिवादका लागि सबै पक्षलाई एकजुट हुन आह्वान पनि गरेका छन् ।
“राष्ट्रपति र प्रधानमन्त्रीबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र भएको छ । यो कदम कदापि क्षम्य हुने छैन । यो संविधान विरोधी, प्रतिगामी तानाशाही कदम हो । यस कदमको म घोर भर्त्सना गर्दछु र प्रतिवादका लागि सबै देशभक्त, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुलाई एकजुट हुन आह्वान गर्दछु, “उनले भनेका छन् ।
FACEBOOK COMMENTS